प्रदेश सरकार

पर्यटन, वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय, मोरङ

विराटनगर-०३, कोशी प्रदेश

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन.

हाइलाइट

दैनिक गतिविधि

१. जिल्ला वन पैदावार आपूर्ति समितिको बैठक :
यहि मिति २०७६/०८/२४ गते जिल्ला वन पैदावार आपुर्ती समिती मोरङको बैठक उक्त समितिका
अध्यक्ष डिभिजनल वन अधिकृत विशाल घिमिरेको अध्यक्षतामा बसी बिराटनगर महानगरपालिका
र बुढिगङा गाउपालिकाका विभिन्न १७० जना नयाँ घर निर्माण तथा मर्मतकर्ता निबेदकहरुलाइ
घरकाज प्रयोजन र ४ वटा बिकासनिर्माण संस्था र बिध्यालयहरु लाइ बिकासनिर्माण प्रयोजनका
लागि काठ बितरण गर्ने निर्णय गरियेको छ । काठ प्राप्तकर्ता सेवाग्राहीहरुको बिस्तृत बिबरण
कार्यलयमा हेर्न सकिनेछ।
२. वन विज्ञान विषयक अध्ध्यन भ्रमण सम्पन्न
यहि २०७६ साल कार्तिक २२ देखि मङ्सिर ४ गतेसम्म त्रिभुवन विश्वबिध्यालय वन विज्ञान
अध्ध्यन सन्स्थान हेटौंडा क्याम्पसका स्नातक(बि.एस्सी.) तेश्रो बर्षका ७६ जना बिध्यार्थीहरुले यस
जिल्लाका केराबारी गाउपालिकाका एकता र हिमचुली सामुदायिक वन तथा सुन्दर हरैचा
नगरपालिकाका सलकपुर सामुदायिक वनमा १४ दिने फिल्ड अध्ययन भ्रमण सम्पन्न गरेका छन।
यस क्रममा उनिहरुलाइ जिल्लाको वन क्षेत्रको बारेमा, समग्र वन ब्यवस्थापन, सामुदायिक
साझेदारी र निजि वन ब्यवस्थापन,प्पर्यापर्यटन, सिमसार, नर्सरी, बिरुवा उत्पादन र्बृक्षारोपण,
आदिको बारेमा डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालयबाट सहजीकरण गरियेको
थियो तथा एकता, हिमचुली, रमिते र सलकपुर सामुदायिक वन उपभोक्ता समूहहरुबाट बिध्यार्थी र
भ्रमण दलका प्राध्यापकहरुलाइ बस्ने ब्यवस्थापनमा सहयोग गरियेको थियो ।
३. वैज्ञानिक वन ब्यवस्थापन बारेको स्थलगत भ्रमण सम्पन्न ।
यहि २०७६ मङ्सिर १९ गते डिभिजन वन कार्यालय धनकुटाबाटबाट डिभिजनल वन अधिकृत
युवराज मास्के ज्यु एवम अन्य वन कर्मचारी, सामुदायिक वन उपभोक्ता तथा सरोकारवाला र
सन्चारकर्मी सहितको एक टोलीले यस जिल्लाको सलकपुर सव डिभिजन वन कार्यालय स्थित
स्थायी बहुबर्षिय वन नर्सरी तथा पथरी सनिस्चरे नगरपालिका ३ स्थित हरियाली सामुदायिक
वनमा गरियेको बैज्ञानिक वन ब्यवस्थापनको स्थलगत अवलोकन र अध्ध्यन गरेको छ। उक्त
अवसरमा प्रदेश वन निर्देशनालय प्रदेश नम्बर १, धरानका निर्देशक श्रीमान रबिन्द्र
महर्जनज्युबाटबाट विशेष चासोका साथ सन्युक्त निरीक्षण भइ महत्वपूर्ण सुझाबहरु प्रदान
गर्नुभयेको छ । उक्त अध्ध्यन दललाई मोरङका डि.व.अ. विशाल घिमिरे, स.व.अ. रामलखन
ठाकुर, स.व.अ. लालबहादुर माझी, मोहम्मद अल्लाउद्दिन र हरियाली सा व उ स का अध्यक्ष
काबुल बहादुर मगर लगायतले सहजिकरण गर्नुभयेको थियो ।