क. विपदमा परेका परिवारलाई सहुलियत काठ
दैबि प्रकोप जस्तै आगलागी, बाढी र पहिरोबाट घर गोठ नष्ट भएको, भत्किएको वा बगाई लगेको अबस्थामा पुननिर्माण गर्न सम्बन्धित ब्यक्तिले तपशिल बमोजिमको कागजात संलग्न राखी निबेदन दिएमा जिल्ला प्रशासन कार्यालय मोरङ/विपद ब्यबस्थापन समितिको सिफारिसको आधारमा समितिले काठ र दाउरा सहुलियत दरमा उपलब्ध गराउन सक्नेछ । विपदमा परेकाले पेश गर्नुपर्ने कागजातहरू
- विपद व्यवस्थापन समिति/जिल्ला प्रशासन कार्यालयको सिफारिस
- सम्बन्धीत स्थानीय तहको सिफारिस
- प्रहरी कार्यालयबाट उठाएको मुचुल्काको प्रतिलिपि
- नागरिक्ताको प्रतिलिपी
- पिडित वा एकाघर सगोलको नाममा दर्ता कायम रहेको जग्गाको लालपूर्जा
- पिडितको निवेदन (रु १०/- को टिकट साथ)
ख. घरकाजको रुपमा घर निर्माण/मर्मत
घरकाज निर्माणका लागि एक परिवारलाई आवश्यकता हेरी कार्ययोजनाले तोकेको स्थानीय तह र सो मातहतका वडामा बसोबास गर्ने उपभोक्ताले तोकेको म्याद भित्र निम्न कागजात सहित निवेदन पेश गरेमा पक्की नयाँ घर निर्माण वा मर्मतको लागि काठ उपलब्ध गराउन सकिने छ । सम्बन्धित ब्यक्तिले तपशिल बमोजिमका कागजात संलग्न राखी यस समितिमा निबेदन दिएपछि समितिले आवश्यक प्रक्रिया पुरा गरी यसमा उल्लेखित परिमाणको काठ उपलब्ध गराउने छ ।
- घर बनाउने जग्गाको जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.ब.मा मालपोत तिरेको रसिदको प्रतिलिपी
- सम्बन्धित स्थानीय तह वा वडा कार्यालयको सिफारिस
- नागरिकताको प्रतिलिपी
- स्थानीयबाट स्विकृत नक्सा, निर्माण इजाजत र नक्सापास भएको पत्रको प्रमाणित प्रतिलिपि
- सम्बन्धित ब्यक्तिको निबेदन ( रू.१०/- को टिकट साथ)
घर निर्माण वा मर्मत प्रयोजनका लागि एकपटक काठ दिईसकेपछि सोही ठाउँमा पुनः नयाँ घर निर्माण वा तला थप गर्न निज निवेदकलाई पाँच बर्षसम्म काठ दिईने छैन ।
ग. कृषि औजार निर्माण तथा उपयोग
कृषि औजारका लागी काठ प्राप्त गर्न सरोकारवाला ब्यक्तिलाई निम्न कागजातका आधारमा बर्षमा एक परिवारलाई बढिमा ७ क्यु.फि. गोलिया काठ समितिले उपलब्ध गराउन सक्नेछ ।
- सम्बन्धित गाँउपालिका/न.पा./म.न.पा को सिफारिस
- जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी
- नागरिकताको प्रतिलिपी
- निबेदन (रू.१०।को टिकटका साथ)
घ. धार्मिक तथा साँस्कृतिक सम्पदाको निर्माण तथा पुन निर्माण
धार्मिक तथा सांस्कृतिक कार्य र पुरातात्विक सम्पदाको निर्माण तथा पुननिर्माण कार्यको लागि दर्ता भएका धार्मिक तथा सांस्कृतिक निकायको आधिकारिक पत्र सहित निम्न कागजात पेश गरेमा गोलिया काठ/चिरान काठ उपलब्ध गराउन सकिने छ ।
- धार्मिक तथा सांस्कृतिक निकायको आधिकारिक कागजात (संस्था दर्ता प्रमाण, स्थायी लेखा नं आदी)
- आवश्यक काठको लागत इष्टिमेट र नक्सा
- स्थानीयत तहको सिफारिस
- समिति/संस्थाको निर्णय
- स्थाको आधिकारीक पत्र
ङ. जनसहभागितामा गरिने साना लागतका विकास निर्माण कार्य
स्थानीयस्तरमा जन सहभागिताबाट संचालन गरिने साना लागतका विकास कार्यका लागी तोकिएको परिमाणमा काठ निर्माण समिति वा संस्थालाई उपलब्ध गराउन सक्नेछ । जनसहभागितामा गरिने साना लागतका विकास निर्माण कार्यका लागि काठ लिन निम्न अनुसारका कागजातहरू पेश गर्नु पर्नेछ ।
- योजनाको स्विकृत लागत ईष्टिमेट, नक्सा
- उपभोक्ता समिति वा निर्माण समितिको नामावली सहितको निर्णय प्रतिलिपी
- सम्बन्धित स्थानीयत तहले गरेको सिफारिस
- निर्माण गर्ने स्थानको जग्गाधनि प्रमाणपत्रको प्रतिलिपी
- निर्माण वा उपभोक्ता समिति वा सँस्थाको निबेदन
च. दाउरा विक्री
घरकाज, शितलहर प्रभावितलाई राहत, धार्मिक तथा दाहसंस्कार प्रयोजनका लागि यस समितिको कार्ययोजनामा तोकिए अनुसारको परिमाण र दररेटमा उपलब्ध गराईने छ । वन नियमावली, २०७९ को नियम २२(६) बमोजिम जिल्ला वाहिर समेत दाउरा उपलब्ध गराउन सकिनेछ । दाउराका लागि पेश गर्नुपर्ने कागजातहरू
- स्थानीयत तह वा वडा कार्यालयको सिफारिस
- नागरिकता प्रतिलिपी (ब्यक्तिको हकमा)
- सम्बन्धित ब्यक्तिको निबेदन (रू.१० को टिकट)
- संस्थाको हकमा संस्थाको आधिकारिक पत्र
- सामाजिक संघ संस्था भएमा संचालक समिति वा निर्माण समितिको निर्णयको प्रमाणित प्रतिलिपी
छ. वन सेवाका कर्मचारीलाई काठ उपलब्ध गराउने
वन सेवामा कम्तीमा दश वर्ष सेवा गरेका कर्मचारी वा वन हेर्ने मन्त्रालय र मातहतका कार्यालयमा निरन्तर ५ वर्ष सेवा गरेको कर्मचारीलाई सेवा अवधिभरमा एक पटकका लागि नयाँ घर निर्माण वा मर्मतका लागि यस कार्ययोजनामा तोके बमोजिम काठ उपलब्ध गराइने छ । यसको लागि आवश्यक कागजातहरु निम्न अनुसार रहेका छन । (स्रोत: कोशी प्रदेश वन नियमावली २०८० को नियम १५२ (२) बमोजिम)
- घर बनाउने जग्गाको जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.ब.मा मालपोत तिरेको रसिदको प्रतिलिपी
- सम्बन्धित स्थानीयत तह वा वडा कार्यालयको सिफारिस
- नागरिकताको प्रतिलिपी
- स्थानीयत तहबाट स्विकृत नक्सा, निर्माण इजाजत र नक्सापास भएको पत्रको प्रमाणित प्रतिलिपि
- वन सेवामा कार्यरत वा वन हेर्ने मन्त्रालय र मातहतका कार्यालयमा काम गरेको आधिकारीक प्रमाण
- सम्बन्धित ब्यक्तिको निबेदन ( रू.१०/- को टिकट साथ)